निर्बिषय ५

नशा पर्दैन, तिमीलाई सम्झे मात लाग्ने रैछ ।
बोल्नु पर्दैन तिमीसंग हेर्दै बात लाग्ने रैछ । ।

सोचेको छु तिमीसँग बिताउन केही पलहरु ,
हरेक बढ्ने पाइलामा, सधै घात लाग्ने रैछ ।

लुकाइ राखौं भन्छु सधैं आँखाभित्रै तिमीलाई,
भागि हिड्छन् रहरहरु ,शुन्य हात लाग्ने रैछ ।

देखेकै छैन भन्छेउ तिमी, मैले कतै तिमीलाई
सपनीमा रातभरी,  तस्वीर खात लाग्ने रैछ ।

बिहानीको आशा गर्छु, भेट्न सधैं तिमीलाइ
नपाउदै यो मन भर्न छिट्टै रात लाग्ने रैछ ।

नशा पर्दैन, तिमीलाई सम्झे मात लाग्ने रैछ ।
बोल्नु पर्दैन तिमीसंग हेर्दै बात लाग्ने रैछ । ।

(यो, कसैलाई, कुनै उद्देश्यले लेखिएको नभएता पनि कसैलाइ केहि पर्न गएमा त्यो संयोग मात्र हुनेछ )

5 Responses to “निर्बिषय ५”

  1. अविनाशी Says:

    hmmmmm seems bhauju really is very lucky..lol

  2. Utshab Says:

    Khotange Jee, kata haraunu bhayo yar ajkal. Tapaiko kabita padna napayera pani sunya lagisakyo yar.

  3. khotange Says:

    केही दिन बिजी छु यार्, लेख्ने फुर्सद नै निकल्न सकिरहेको छैन ।

  4. cheeju shrestha Says:

    Very nice gazal, keep it up……………..thanx

  5. khotange Says:

    Thanks Cheeju Jee.

Leave a Reply