Different forms of URDU Poetry
January 15, 2007The following forms of Urdu poetry are known, some more popular than others:fard
शुभकामना !
January 14, 2007कानून ब्याबसायीहरुको छाता संगठन नेपाल बार एसोशिएशनको चुनाव हिजो सम्पन्न गरियो ।
मुख्यतया प्रजातान्त्रिक र प्रगतिशील उमेद्वारको बीचमा प्रतिस्पर्धा भएता पनि अन्य केही स्वतन्त्र उमेद्वार पनि चुनावी मैदानमा देखिएका थिए । तर, उनीहरुले खुलेर भोट मागेको मैले देखिन ।
म लाइनमा बस्दा पनि एकजना बरिष्ठ अधिबक्ता ती स्वतन्त्र उमेद्वारको तर्फबाट साउतिको स्वरमा भोट हाल्नको लागि आग्रह गर्दै थिए । मैले मन मनै सोचें यो डर र पराजीत मनसिकता पहिले नै लिएर पनि के चुनाव लडनु ! अलि अलि भोट त ल्याउँदा हुन तर झारा टार्ने उठाइ जस्तो मात्र थियो उनीहरुको कृयाकलाप ।
सोमबारदेखि गणना थालिने अनुमान गरिएको सो चुनावको परिणाममा यसपालि कुनै एक प्यानलको मात्र बर्चस्व हुने देखिदैन । मैले चाँही मिश्रीत परिणामको अनुमान गरेको छु ।
तर जे होस्, जीत जसको भए पनि कानून ब्यावसायीहरुको हक हित र नेपालको न्यायिक क्षेत्रमा यसले खेल्नु पर्ने भूमिका निश्चय नै अझ बढि हुनेछ । त्यसमाथि पनि जनाअन्दोलन २ को लागि बारले खेलेको भूमिका र नेपाली जनताको बीचमा यसले कमाएको उच्च छबिको शाखलाइ अझ बढाउदै लैजानु यसको प्रमुख जिम्मेवारी हुनेछ ।
ब्यक्ति जो सुकैले नेतृत्व गरे पनि बारले नेपालको लोकतन्त्र र न्यायिक प्राणालीमा निरन्तर योगदान दिन सकोस् यही शुभकामना !
निर्बिषय ७ (अन्तर्मनका कुरा)
January 10, 2007धेरै खुशी लाग्छ बिगत १० । १२ बर्षहरुमा नेपाली पत्रकारिताको क्षेत्रमा आएको परिवर्तनले ।
यस बीचमा मुलुक जहाँको त्यहीं भए पनि आम संचारको क्षेत्रमा हामीले आशातीत सफलता पाएका छौं । र, अझ गर्न धेरै बाँकी छ । लोकतान्तृक बातावरणले त्यसलाइ अझ मलजल दिने छ ।
पहिलेका जस्ता कठिनाईहरु अबका पत्रकारहरुले अबका दिनहरुमा त्यत्ति भोग्नु पर्दैन भन्ने कुरामा केही आशावादी हुने ठाँउहरु प्रशस्त छन् । सबैभन्दा खुशीको कुरा यस क्षेत्रमा युवा जमातको उत्साहजनक प्रबेश हो । जुन्, राष्ट्रको लागि ज्यादै आबश्यक थियो र छ पनि ।
पत्रकार भन्ने बित्तिकै झुस्स दारी पालेको, एउटा झोला बोकेको लुखुर लुखुर सडकमा हिंडिरहने एउटा जीवको परिकल्पना मानिसहरुमा थियो, यो जमातले त्यस्लाइ मीठो जवाफ दिएको छ ।
पत्रकारिता पढ्दा कहिं भर्ना हुन नपाएर पत्रकारिता पढ्यो भन्ने त्यो बेला र अहिले पत्रकारिता पढ्न तछाँड मछाँड हुने बेलाको अन्तर धेरै छैन । यो छोटो समयको लामो उपलब्धी हो ।
आफुले सक्रिय पत्रकारिता छाडेको धेरै बर्ष भैसकेछ । (यध्यपि कुनै न कुनै रुपमा अझै पनि पत्रकारिता क्षेत्रमा पनि छु) तर पनि यसो पछाडि फर्केर हेर्दा यो बीचमा एउटा ठुलो ग्याप पाइरहेको छु । सबैभन्दा ठुलो ग्याप यसमा आएको प्रविधिको बिकासले हो । पहिलेको दाँजोमा अहिले धेरै सुबिधा छ । धेरै अबसरहरु छन् ।
हामीले शुरु गर्दा कम्पोजिटरले हातैले अक्षर कम्पोज गरेर छाप्नु पर्थ्यो । पछि रिको मेसिन्, त्यसपछि अफ्सेट । आहिले त अफ्सेट पनि अत्यधुनिक । छापा पत्रकारिताको बिकास । अझ इलेक्ट्रोनिक मिडियाको बिकासको त कुरै नगरौं । ब्लग पत्रकारितासम्म हामीले फड्को मारिसक्यौ ।
(आज त्यत्तिकै अतीततिर डुल्न मन लागेको मात्र हो । एक किसिमको आनन्द महसुस भैरहेको छ । केही कुरा मनमा लागेको ओकल्न मन लागेर आयो, केही फुर्सदमा भएर पनि होला । )
मैले सार्वजनिकरुपमा लेखेको शायद शैलेश आचार्य दाइको ‘प्रजातान्त्रिक संस्कार्’ भन्ने पतृकामा नै अन्तिम हो क्यार । त्यसपछि अर्कै फिल्डतिर लागियो । एक किसिमले सार्वजनिक पत्रकारिताबाट पलायन भइयो ।
पेशा परिवर्तन भएकोमा त मलाई कुनै दुखेसो छैन । तर त्यसको कारणले मेरो लेखन भने ठप्पै भयो । त्यसमा कहिलेकाहीं अलि खल्लो लाग्छ । यो ८ । १० बर्षमा पटक्कै कलम चलाइएन । गुमाएको त केही होइन तर केही पाइएन, त्यत्ति हो ।
बीचमा, एक चोटि पुरु रिसाल दाइ, गोर्खापत्रका मित्र शिव भट्टराई र म मिलेर एउटा पत्रकारिता सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट पनि खोल्ने जमर्को गरेका पनि हौं, त्यो पनि त्यत्तिकै भयो । त्यसपछि त आफू आफ्नै धुनमा, साथीहरु आफ्नै काममा । दिनहरु बित्तै गए, बस् ।
५ । ७ बर्षाघि ज्ञानुवाकर पौडेल दाइलाइ करेक्सन गर्न दिएको ३०।४० वटा गजलहरुको पाण्डुलिपि पनि अझै लिन गएको छैन, भने पछि कतिसम्म अल्छि भएछु ।
अहिलेका दिनहरुमा यो क्षेत्रमा भएका प्रविधिहरुको बिकाससँग साक्षात्कार गर्ने काम मात्र भएको छ । तर जे होस् मलाई यो क्षेत्रको माया छ, औधि माया छ । नयाँ साथीहरुको जाँगरदेखि एकदम हर्षित छु ।
सम्बन्धहिन सम्बन्धहरु
January 4, 2007एउटा क्यानभासमा टाँगिएको जिन्दगी
फगत्
भ्रममा आँफैसित,
डुलिरहेको, हराइरहेको आँफैभित्र ।
र, एउटा भोगिएको चिसो रात
सम्बन्धहिन सम्बन्धहरुभित्रका
शीतयुद्ध झैं लाग्ने
‘टम’हरुका व्यबहारहरु ।
न आदि न अन्त्य का यी सिलसिला,
एउटा बन्द सिसाभित्रका बिषाक्त सुन्दर अनुहारहरु,
हामी भ्रम मै रमाइरहेछौं ।
आँफैभित्र रोमान्चित हुँदै, निरन्तर ।
तार रहित तारभित्र बगिरहेका संबेग !
एकचोटि आफू बसेको कोठाको बन्द झ्याल खोलेर हेर,
अर्को गोलार्ध पनि छ, त्यहाँ ।
जहाँ तिमी जस्तै सजीब आकृति छ,
तिम्रा शीतयुद्धका निर्दोष पीडाहरु निलेर
चुपचाप बसिरहेको,
आँफैमा ‘गम’ खाएर,
आँफैभित्र प्रश्न सोध्दै ।
कि,
टम्, यो शीतयुद्धको को कारण थियो ?
र, जवाफ पनि आफै बुन्दै,
कि, तिमी आफ्नो तथाकथित स्वाभिमानमा
अडेको छौ ।
म, एउटा स्वाभिमानको नाटक गरिरहेको हूँला,
तिम्रो नजरमा ।
यी भ्रमहरुले यसरी नै अल्झ्याइरहेछन् हामीलाई,
र, यही भ्रमको खेती गरिरहेछौं ।
म अनि टमहरु ।
शायद यथार्थ यही हो,
हामी
‘स्विच अफ्’ हुने बित्तिकै भताभुङ्ग हुने,
सम्बन्धहिन सम्बन्धभित्र
एउटा सम्बन्ध खोजिरहेछौ ।
Posted by khotange
Posted by khotange
Posted by khotange