एउटा क्यानभासमा टाँगिएको जिन्दगी
फगत्
भ्रममा आँफैसित,
डुलिरहेको, हराइरहेको आँफैभित्र ।
र, एउटा भोगिएको चिसो रात
सम्बन्धहिन सम्बन्धहरुभित्रका
शीतयुद्ध झैं लाग्ने
‘टम’हरुका व्यबहारहरु ।
न आदि न अन्त्य का यी सिलसिला,
एउटा बन्द सिसाभित्रका बिषाक्त सुन्दर अनुहारहरु,
हामी भ्रम मै रमाइरहेछौं ।
आँफैभित्र रोमान्चित हुँदै, निरन्तर ।
तार रहित तारभित्र बगिरहेका संबेग !
एकचोटि आफू बसेको कोठाको बन्द झ्याल खोलेर हेर,
अर्को गोलार्ध पनि छ, त्यहाँ ।
जहाँ तिमी जस्तै सजीब आकृति छ,
तिम्रा शीतयुद्धका निर्दोष पीडाहरु निलेर
चुपचाप बसिरहेको,
आँफैमा ‘गम’ खाएर,
आँफैभित्र प्रश्न सोध्दै ।
कि,
टम्, यो शीतयुद्धको को कारण थियो ?
र, जवाफ पनि आफै बुन्दै,
कि, तिमी आफ्नो तथाकथित स्वाभिमानमा
अडेको छौ ।
म, एउटा स्वाभिमानको नाटक गरिरहेको हूँला,
तिम्रो नजरमा ।
यी भ्रमहरुले यसरी नै अल्झ्याइरहेछन् हामीलाई,
र, यही भ्रमको खेती गरिरहेछौं ।
म अनि टमहरु ।
शायद यथार्थ यही हो,
हामी
‘स्विच अफ्’ हुने बित्तिकै भताभुङ्ग हुने,
सम्बन्धहिन सम्बन्धभित्र
एउटा सम्बन्ध खोजिरहेछौ ।
January 5, 2007 at 9:45 am
dherai raamro chha.
tara bujhna chai dimaag nai launu parne rahechha.
January 8, 2007 at 9:38 am
It’s really very nice yar. I liked it.
January 8, 2007 at 6:29 pm
Kavitaa maa kina nirashaaa maatrai?
January 9, 2007 at 3:09 am
vahsek जी,
खुशीमा पनि लेख्छु नि यार !