धेरै खुशी लाग्छ बिगत १० । १२ बर्षहरुमा नेपाली पत्रकारिताको क्षेत्रमा आएको परिवर्तनले ।
यस बीचमा मुलुक जहाँको त्यहीं भए पनि आम संचारको क्षेत्रमा हामीले आशातीत सफलता पाएका छौं । र, अझ गर्न धेरै बाँकी छ । लोकतान्तृक बातावरणले त्यसलाइ अझ मलजल दिने छ ।
पहिलेका जस्ता कठिनाईहरु अबका पत्रकारहरुले अबका दिनहरुमा त्यत्ति भोग्नु पर्दैन भन्ने कुरामा केही आशावादी हुने ठाँउहरु प्रशस्त छन् । सबैभन्दा खुशीको कुरा यस क्षेत्रमा युवा जमातको उत्साहजनक प्रबेश हो । जुन्, राष्ट्रको लागि ज्यादै आबश्यक थियो र छ पनि ।
पत्रकार भन्ने बित्तिकै झुस्स दारी पालेको, एउटा झोला बोकेको लुखुर लुखुर सडकमा हिंडिरहने एउटा जीवको परिकल्पना मानिसहरुमा थियो, यो जमातले त्यस्लाइ मीठो जवाफ दिएको छ ।
पत्रकारिता पढ्दा कहिं भर्ना हुन नपाएर पत्रकारिता पढ्यो भन्ने त्यो बेला र अहिले पत्रकारिता पढ्न तछाँड मछाँड हुने बेलाको अन्तर धेरै छैन । यो छोटो समयको लामो उपलब्धी हो ।
आफुले सक्रिय पत्रकारिता छाडेको धेरै बर्ष भैसकेछ । (यध्यपि कुनै न कुनै रुपमा अझै पनि पत्रकारिता क्षेत्रमा पनि छु) तर पनि यसो पछाडि फर्केर हेर्दा यो बीचमा एउटा ठुलो ग्याप पाइरहेको छु । सबैभन्दा ठुलो ग्याप यसमा आएको प्रविधिको बिकासले हो । पहिलेको दाँजोमा अहिले धेरै सुबिधा छ । धेरै अबसरहरु छन् ।
हामीले शुरु गर्दा कम्पोजिटरले हातैले अक्षर कम्पोज गरेर छाप्नु पर्थ्यो । पछि रिको मेसिन्, त्यसपछि अफ्सेट । आहिले त अफ्सेट पनि अत्यधुनिक । छापा पत्रकारिताको बिकास । अझ इलेक्ट्रोनिक मिडियाको बिकासको त कुरै नगरौं । ब्लग पत्रकारितासम्म हामीले फड्को मारिसक्यौ ।
(आज त्यत्तिकै अतीततिर डुल्न मन लागेको मात्र हो । एक किसिमको आनन्द महसुस भैरहेको छ । केही कुरा मनमा लागेको ओकल्न मन लागेर आयो, केही फुर्सदमा भएर पनि होला । )
मैले सार्वजनिकरुपमा लेखेको शायद शैलेश आचार्य दाइको ‘प्रजातान्त्रिक संस्कार्’ भन्ने पतृकामा नै अन्तिम हो क्यार । त्यसपछि अर्कै फिल्डतिर लागियो । एक किसिमले सार्वजनिक पत्रकारिताबाट पलायन भइयो ।
पेशा परिवर्तन भएकोमा त मलाई कुनै दुखेसो छैन । तर त्यसको कारणले मेरो लेखन भने ठप्पै भयो । त्यसमा कहिलेकाहीं अलि खल्लो लाग्छ । यो ८ । १० बर्षमा पटक्कै कलम चलाइएन । गुमाएको त केही होइन तर केही पाइएन, त्यत्ति हो ।
बीचमा, एक चोटि पुरु रिसाल दाइ, गोर्खापत्रका मित्र शिव भट्टराई र म मिलेर एउटा पत्रकारिता सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट पनि खोल्ने जमर्को गरेका पनि हौं, त्यो पनि त्यत्तिकै भयो । त्यसपछि त आफू आफ्नै धुनमा, साथीहरु आफ्नै काममा । दिनहरु बित्तै गए, बस् ।
५ । ७ बर्षाघि ज्ञानुवाकर पौडेल दाइलाइ करेक्सन गर्न दिएको ३०।४० वटा गजलहरुको पाण्डुलिपि पनि अझै लिन गएको छैन, भने पछि कतिसम्म अल्छि भएछु ।
अहिलेका दिनहरुमा यो क्षेत्रमा भएका प्रविधिहरुको बिकाससँग साक्षात्कार गर्ने काम मात्र भएको छ । तर जे होस् मलाई यो क्षेत्रको माया छ, औधि माया छ । नयाँ साथीहरुको जाँगरदेखि एकदम हर्षित छु ।
January 12, 2007 at 7:02 am
Really, it has been a great development in the media sector and in information technology. In some years ago, mobile phone used to be a imagination for we nepali people now, it is the best freind of we all. Like wise, here are lots of changes we have seen and its make us happy that we are also lucky people in some extent that we have seen so much things in our short and precious life.