शुभकामना !

कानून ब्याबसायीहरुको छाता संगठन नेपाल बार एसोशिएशनको चुनाव हिजो सम्पन्न गरियो ।

मुख्यतया प्रजातान्त्रिक र प्रगतिशील उमेद्वारको बीचमा प्रतिस्पर्धा भएता पनि अन्य केही स्वतन्त्र उमेद्वार पनि चुनावी मैदानमा देखिएका थिए । तर, उनीहरुले खुलेर भोट मागेको मैले देखिन ।

म लाइनमा बस्दा पनि एकजना बरिष्ठ अधिबक्ता ती  स्वतन्त्र उमेद्वारको तर्फबाट साउतिको स्वरमा भोट हाल्नको लागि आग्रह गर्दै थिए । मैले मन मनै सोचें यो डर र पराजीत मनसिकता पहिले नै लिएर पनि के चुनाव लडनु ! अलि अलि भोट त ल्याउँदा हुन तर झारा टार्ने उठाइ जस्तो मात्र थियो उनीहरुको कृयाकलाप ।

सोमबारदेखि गणना थालिने अनुमान गरिएको सो चुनावको परिणाममा यसपालि कुनै एक प्यानलको मात्र बर्चस्व हुने देखिदैन । मैले चाँही मिश्रीत परिणामको अनुमान गरेको छु । 

तर जे होस्, जीत जसको भए पनि कानून ब्यावसायीहरुको हक हित र नेपालको न्यायिक क्षेत्रमा यसले खेल्नु पर्ने भूमिका निश्चय नै अझ बढि हुनेछ । त्यसमाथि पनि जनाअन्दोलन २ को लागि बारले खेलेको भूमिका र नेपाली जनताको बीचमा यसले कमाएको उच्च छबिको शाखलाइ अझ बढाउदै लैजानु यसको प्रमुख जिम्मेवारी हुनेछ ।

ब्यक्ति जो सुकैले नेतृत्व गरे पनि बारले नेपालको लोकतन्त्र र न्यायिक प्राणालीमा निरन्तर योगदान दिन सकोस् यही शुभकामना !

Leave a Reply