निर्विषय – २

December 4, 2006

आगमी जेष्ठ मा हुने भनिएको संबिधान सभाको निर्वाचन सम्पन्न हुने सम्भावना ज्यादै न्युन देखिन्छ । समयबधीको कारणले । यति छोटो समयमा निर्वाचनका लागि गर्नु पर्ने पूर्वधारहरु मिलाउन नै समय अपर्याप्त छ । त्यसैले पनि निर्वाचनको मिति घोषणा गर्न पनि कठिनाई भैरहेको छ ।

अर्को कुरा, अबका दिनहरुमा मुलुकमा स्पष्टरुपमा दुईटा  राजनीतिक धारहरु देखिनेछन् । एउटा प्रजातान्त्रिक र अर्को बामपन्थी । सम्भवत : प्रजातान्त्रिक धारको नेतृत्व गिरिजा काङ्रेसले लिनेछ र बामपन्थी धारको नेतृत्व माओबादीले लिनेछ । अन्य साना पार्टिहरुलाई छोडेर मुख्य चिन्ता एमाले र प्रजातान्त्रिक काङ्रेसको राजनीतिक भविष्यको हो  । जुनरुपको राजनीतिक ध्रुबिकरणको अनुमान गरिएको छ  त्यसमा प्रजातान्त्रिक काङ्रेसले आफ्नो मूल पार्टिसँग मिलेर जानुको बिकल्प देखिदैन । कुरो रह्यो एमालेको, एमालेलाई साह्रै गाह्रो पर्नेछ आफ्नो राजनीतिक अस्तित्व जोगाउन । 

माओवादीहरु सार्वजनिक राजनीतिमा आउनु अघिसम्म दलिय ब्यबस्थामा एमालेले मुलुकको बामपन्थी शक्तिको अगुवा पार्टी आफूलाई मान्दै आएको थियो र एक हिसाबले मुलुककै ठुलो पार्टी मध्य एक भएको हिसाबमा त्यो कुरो ठीक पनि थियो । तर अब समय परिवर्तन भएको छ । बामपन्थी कम्बल ओढेर प्रजातान्त्रिक बाटोमा हिंड्न खोजेको एमालेलाई अबको दोबाटोमा कुन रोज्ने मुस्किल पर्नेछ । यस बीचमा अर्को धार तत्काल मुलुकले स्वीकार्न सक्ने सम्भावना पनि देखिदैन   । अहिलेको परिवर्तनले समग्रमा मुलुकले लामो समयदेखिको कष्टबाट त्राण त पायो तर अब पार्टीगत हिसाबमा एमालेलाई भने ठूलो राजनीतिक चुनौति खडा गरिदियो ।


निर्बिषय

December 3, 2006

बिभिन्न किसिमका असहमती तथा बिरोधका बाबजुद पनि संसदले नागरिकता बिधेयक पूर्ण बहुमतले पारीत गरिसक्यो । पारित हुनु अघि र पछि पनि यसमाथि बिभिन्न बहस भएका थिए र भैरहेका छन् । जति धेरै बिषयहरु माथि बहस भए पनि मूल कुरो अनेपालीले नागरिकता पाउनु हुँदैन भन्ने कुरामा नै सबैको एक मत देखिन्छ । यस सम्बन्धमा जति पनि बिचार, बिमर्श, गोष्ठी, सेमिनार कृया अन्तरकृया भए सबैको निष्कर्श पनि त्यही हो । अबको चिन्ता भनेको एन को मर्म अनुरुप नगरिकता बितरण  हुने हो कि होइन भन्ने हो । ऐनको गलत व्याख्या गरेर वा नगरिकता  बितरण कार्यबिधिलाई दुरुपयोग गरेर वास्तबिक नेपालीलाई भन्दा अनेपालीहरुलाई नIगरिकता दिइयो भने भोलि यो भन्दा ठुलो अभिशाप केही हुँदैन । र, आगामी सन्ततिले हामीहरुलाई माफ गर्ने छैनन् ।


छ्यास्मिसे कुरा (ब्यक्तिगत)(to whom it may concern)

December 1, 2006

आज अलि मूड ठीक छैन । जीउमा पनि सन्चो छैन । राती पनि १०२ डिग्री ज्वरो आएको थियो । office मा अलिकति काम पेन्डिङ थियो त्यसैले नगै नहुने भएर आउनै पर्‍यो ।
मान्छेहरु पनि अजिब अजिब का फेला पर्छन यार । कोही कस्ता कोही कस्ता । उनिहरुको mood मा संसार चल्नु भन्ने कस्तो सन्किर्ण मानसिकता । friendship पो हो त unclear कुराहरु बसेर clearr गर्न सकिन्छ नि । फोकट्को घुर्की र प्रतिकृया । के के न गरिदिए जस्तो । उनिहरुलाई म चाँहीदैन भने मलाई मात्र किन चाँहीयो । के मैले सधैं उनिहरुको चाकडी गर्नु अनि उनिहरुको अनुग्रहमा बस्न रुचाउनु अनि उनिहरु लाई मेरो हरेक कुरा मन पर्ने, नत्र तु’ reaction? छ्या, पढेलेखेका मानिसहरुको मानसिकता ।

बौदिक दरिद्रता को यो भन्दा अर्को उदाहरण अन्त खोज्न जानु पर्ला ?


छ्यास्मिसे कुराहरु

November 29, 2006

प्रसंग एक ,

बिहानै हिंड्नु पर्छ । हातमुख जोर्नै पर्‍यो । हिजो आज ज्यादै चिसो बढेको छ काठमाडौंमा । गर्मीमा ज्यादै गर्मी र जाडोमा ज्यादै जाडो । शायद envirnmental pollution भएर होला । pollution को मुख्य कारण density पनि हो । के गर्नु   राजाध/नी बाहेक सम्भाबनाहरु बाहिर छैनन् । हरेक कुराहरु केन्दृकृत भएका छन । अब यो बिस्तारै हट्छ कि । देशमा शान्ति र बिकासका पाइलाहरु अघै बढीरहेमा ।

 प्रसंग दुई ,

धेरै भएको थियो Airport को सेकुवा नखाएको । पहिलेजस्तो charm रैनछ अहिले । पहिला पहिला चौरमा बसेर रक्सी र सेकुवको मज्जा लिदँको अनुभव नै भिन्नै । अहिले त सबै professional भैस केछन । सबै तिर Restaurant जस्तै लाग्ने । तर पनि भिड भाड त उस्तै छ । नेपालमा कति रक्सीको खपत हुँदो हो । मान्छे भात नखाएर रक्सी मात्र खाने पनि छन् होला । गरीब देश का सौखिन जनताहरु, झट्ट हेर्दा त्यस्तो लाग्दो हो । तर के गर्नु रोइरहेको देश का जनता कसरी हाँसिरहेका होलन् र ? कोही पीडामा खाँदा हुन् कोही बेदन/मा । खुशीमा खानेहरु पनि होलान् तर आसुँ बीचको खुशी क्ष णिक मात्र त हो नि ।

प्रसंग तीन ,

पासपोर्ट Renew गराउनु थियो । जिल्ला प्रशासन कार्यालय गएँ, बिहानै । आठ बजे पुग्दा लाइन ढोकासम्म । देसक युवाहरुको बिदेशिने बाध्यता । बेरोजगारी र यस पछिका पारीबा रिक चुनौतिहरु । देशले कहिले आफ्न सन्तत्तिको पौराख उपभोग गर्न पाउने हो ?

प्रसंग चार ,

 फुर्सदमा त ब्लगगिङ गर्नु मजै हो तर, यसमा लत लागेर काम कुरो एका तिर कुम्लो बोकि ठिमी तिर जस्तो भयो भने पो बर्बाद ।

 बाँकी पछि ।


निल्न गाह्रो,निलेपछि झन् सारो

November 28, 2006

खै साथी हो, ब्लग लेख्न सुरु गर्ने त भनियो तर नियमित पो हुने हो कि होइन भन्ने चिन्ता लागिरहेको छ । के लेख्ने भन्ने पहिलो समस्या त्यसमाथि पाठक हरुले रुचाउँने पनि   हुनु पर्‍यो । यो त भालुको कन्पट हुने पो हो कि क्याहो, टेन्सन ।

कुरा ब्यक्तिगत सुरु गर्ने कि राजनीतिक या सोशिएल वा त बिबिध, खै केही बुझ्न सकिएन । पत्रकारिता,साहित्य,कला जस्ता  क्षेत्र पनि त्यत्ती समेटिए जस्तो लागिरहेको छैन । अरु ब्लगरसाथीहरुको सबैको ब्लग काइदाको देख्छु । जति जनाको हेर्ने मौका  पाए सबैको आ आफ्नै किसिमको राम्रै नै छ । नगर्नु सुरु गरेपछि केही चर्चा बह्स हुने कुराहरु भए मज्जा पनि आउँछ । ब्यक्तिगत राग मात्र अलापेर पढ्नेलाई बोर पनि के ब नाउनु जस्तो पनि लाग्छ । 

यो ब्लग त्यत्तिकै पोस्ट गर्न पनि मन छैन । तर होस् क सैले हेरेर कुनै प्रतिकृया दिए त्यसैअनुरुप जाउँला नत्र आफ्नै हिसाबले अघि बढ्नु त छँदैछ । मोर्चामा हि  डेपछि जसरी पनि अघि त बढ्नु नै छ । मेरो ब्लग   हेरेर कमेन्ट गरिदिनु भएकोमा उत्सबजी र मुकुन्दजी लाई फेरि एक चोटि धन्यवाद । अनि मलाई यो ब्लगको संसारम प्रबेश गराउन मह्त्पूर्ण प्रेरणा दिने मेरा दुई जना ब्लगर साथीहरु (नाम  अहिलेलाई नभनौ) लाई पनि  बिशेष धन्यवाद ।


arko chinta

November 19, 2006

( dhanyabad utshab ji, comment ko lagi, kamti ma tapai le ta mero blog hernu bhayechha. Natra maile ta k socheko thiye bhane ma naya blogger maile reader pauna garo hunchha hola. Kinaki sabai ko afno afno circle hola- uniharu bich mai padhne ra comment garne kam hudoho, aadi ityadi….je hos 3 din ma ek jana paye bhane bistarai aru thapidai jalan, kaso utshab ji. )

 

Aaja kam bisesh le Jyoti Spinning Mills janu paryo, purano share certificate linu thiyo. Tyahako karmachari sanga ek chin kurakani bhayo. Bichara, usko kurakani sunda
Nepal ko artha byabastha ko dardanak yatharta feel gare, maile. Usko company ramro sangha run garna nasakera kayau barsha bhaisakyo shareholders lai dividend din sakiraheko chainna. Stock exchange ma share trading nabhayeko 3 barsha bhanda badhi bhaisakyo. Share ko value ghatera 25 ma aaisakyo. Kun bela company dharasayi hune ho, company collapcs bhaye pachhi tyahaka karmachariharu ko anischit bhabishya ko kalpana matra garda pani birakta lagne..  yestai..yestai.. usko afnai byatha chha.

 

yo euta company ko matra kura hoina, tyasle samagra des ko chitran garchha. Des ko samagra  artha byabasta ko halat pani tyahi ho. Garibi mathi garibi jhan badhai chha. Kati din aru sangha magera des chalaune hun netahrule. Laj pachekaharu….

 

Mangalbar samma ma peace agreement garne bhanchhan. Makune ji sarkar ma jannau bhandai ghurki launa thalisake. Kas lai ghurki lagayeka hun ? chando milijuli euta niskarsha ma pugau ra des nirman ko abhiyan ma lagau bhanne ta ratti bhar pani chaina. Khali satta, pad, kurshi. Dinratko mathapachhi tyasai ma matra.

 

Rajnitik paribartan ta aba suru hola jasto bhayo,
tara yes pachhi ko arko thulo ladai (wa bhanu-kranti) Aarthik hunu parchha. Jaba samma pet bhoko rahanchha swantrata ko
nara matra diyera  kehi hudaina jasto malai lagchha.      

 


peace agreement ra yesle dekhaune bataharu

November 17, 2006

“hijo hune bhanieko peace agreement lai kehi din para sariyeko chha. rajnitik paaribritta ma yestakura samanya nai hun. tara, yo kisimko bilamba le pratigami lai khelne mauka nadeyos, aam nepali le chahane pani yehi nai ho. sarkarko leadership lai liyera kichi michi suru bhaisakyo. aajko Nepal samacharpatra ma Pradeep Nepal ko lekh padhda CPN UML aagami Girija Netritwa dekhi khusi jasto dekhidaina. Maobadi sanga bisbaman garna thalisakyo. yesta khichi pichi le bholi ks din ma hune bhaniyeka rajnitik sahamatilai pratyakshya wa parokshya rupma kehi na kehi asar pariraheko hunchha. yeta tarfa pani sabaile dhyan dinu parchha. aagami dinharu pratigami haruka lagi urbara dinharu hunasakchhan, uniharule khelne mauka pauchhan: yes tarfa hami sabai sajag hunu jaruri chha.”
yo mero parikshyan blog post ho. ma blog sansar ka marathiharu kasailai pani chindina. yo writing pani test writing ho. yes sansarma chhirepachhi dheri kura sikhnu chha. bastabma yo blog bhaneko personal diery ko rup ma khaire harule introduced garaye pani, hami kaha yo sarbajanik abhibyakti ko rupma fastaudai chha. yo ramra pakshya ho jasto malai lagchha. gata jana aandolan-2 ma ta yesko thulo bhumika rahyo.
sabaiko comment, sallaha ra sujhab payema aagami dinharuma malai dheri sahajta milne apekshya gareko chhu.
Khotange Jetha


Hello world!

November 8, 2006

Welcome to WordPress.com. This is your first post. Edit or delete it and start blogging!