Different forms of URDU Poetry

जनवरी 15, 2007

by: “shamsa ali” shamsa_adil@yahoo.com

   The following forms of Urdu poetry are known, some more popular than others:fard
Gazal
hamd
hazal
hijv
madah
manqabat
marsiiya
masnavii
munaajaat
musaddas
naat
nazm
qasiidaa
qataa
qavaallii
rubaayii
salaam
sehraa
vaasoKht
fard
A composition consisting of only one sher.
Gazal (pronounced “guzzle”)
Ghazal is a collection of couplets (shers or ashaar) which follow the rules of
‘matla’, ‘maqta’, ‘bahar’, ‘qafiya’ and ‘radeef’. The couplets are complete in
themselves. All the couplets of a ghazal must be of the same bahar, end in the
same words (radeef) and have the same rhyming pattern (qaafiyaa). Every ghazal
MUST have a matla. A ghazal may or may not have a maqta but if it does, it has
to be the last sher of the ghazal.
Ghazals which do not have a radeef are called Gair-muraddaf ghazals. In such
cases, the rule of qafiya is strictly followed. These type of ghazals are very
rare. Ghazals with the same radeef are called ham-radeef ghazals.
hamd
Poem written in praise of God.
hazal
Humourous poetry, also known as ‘mazaahiyaa’ or ‘mazaakiyaa’ shaayari. Some
examples of humourous Urdu poetry can be viewed here.
hijv
A satirical poem written to condemn or abuse a person. This type of poetry is
considered inferior and generally avoided by reputed poets. The opposite of a
hijv is a madah which is written in praise of patrons.
madah
Poem written in praise of royalty, patrons, etc.
manqabat
A poem written in praise of members of the family of the holy Prophet.
marsiiyaa (muhr-see-yaa)
An elegy written to mourn the death of a great man or a dearly loved person. In
its stricter sense, traditionally accepted in Urdu, a marsiya is an elegy
written specifically in honour of the martyrdom of Hazrat Imam Husain and his
comrades at Karbala. It describes the battle fought on the plains of Karbala by
Hazrat Imam Husain against the army of Yazid. The most well known writers of
Marsiya in Urdu are Mir baber Ali Anees and Salamat Ali Dabir. Sub-parts of the
marsiya are called Nauha and Soz.
masnavii(pronounced “mus-na-vee”)
A long narrative poem – much longer than the ghazal – embodying religious,
romantic or didatic stories. It is written in rhyming couplets, with each
couplet having a different rhyme and radeef. The most famous masnavis are
Masnavi-e-Rumi in Persian, Shah Namah of Firdausi, and Zehar-e-Ishq in Urdu.
munaajaat
A lyrical poem written as a prayer to God.
musaddas
A poem in which each unit consists of 6 lines. The most well known poet of this
style of writing was Maulana Altaf Husain Hali.
naat
A poem written in praise of the holy Prophet.
nazm
In a broad sense, nazm is a term used to define all kinds of Urdu poetry which
do not fall into any other category. However, in a literary sense, a nazm is a
well organized, logically evolving poem where each individual verse serves the
need of the central concept or theme of the poem. Though a nazm is traditionally
written in rhymed verse, there are many examples of nazms written in unrhymed
verse, or even in free verse.
qasiidaa (pronounced “quh-see-daa”)
A panygeric, or poem written in praise of a king or a nobleman, or a benefactor.
As in a ghazal, the opening couplet of a qasida, is a rhyming couplet, and its
rhyme is repeated in the second line of each succeeding verse. The opening part
of the qasida, where the poet may talk in general about love and beauty, man or
nature, life or death, is called the ‘tashbib’ or ‘tamheed’.
Interestingly, the ghazal has evolved from the qasida. Over time, the tashbib
got detached and developed into what we today know as Gazal. A qasida is usually
quite long, sometimes running into mor than a 100 couplets. A Gazal is seldom
more than 12 couplets long, averaging about 7 couplets.
qataa
A poem consisting of four lines, in the form of two shers. However, unlike shers
in a ghazal, the subject of the two shers is the same. It is believed that the
qataa was invented for occasions when poets felt that they were unable to
express their thoughts completely and satisfactorily in a single sher.
qavaalii
Traditionally a devotional song expressing love and oneness with God sung by a
group of people to the accompaniment of musical instruments. Nowadays, qawaallis
cover popular topics like love and wine.
rubaayii(pronounced “ru-baa-ee”)
A self-sufficient quartrain, rhyming (a, a, b, a) and dealing generally with a
single idea, which is customarily introduced and developed with the aid of
similes in the first three lines, and concluded, with concentrated effort and
impact, in the fourth line.The most well known rubaayis in Persian were written
by Omar Khayyam. In Urdu, some of the most well known practitioners of this form
were Firaq, Josh and Yagna Yaas Changezi.
salaam
A salutory poem written in praise of the holy Prophet. It can also be a poem
describing the incidents of Karbala. It is recited standing up.
sehraa
A song sung at the time of tying the seharaa during the wedding ceremony. It is
usually in praise of the bride/groom and their relatives.
vaasoKht
A poem describing the displeasure and carelessness of a lover


शुभकामना !

जनवरी 14, 2007

कानून ब्याबसायीहरुको छाता संगठन नेपाल बार एसोशिएशनको चुनाव हिजो सम्पन्न गरियो ।

मुख्यतया प्रजातान्त्रिक र प्रगतिशील उमेद्वारको बीचमा प्रतिस्पर्धा भएता पनि अन्य केही स्वतन्त्र उमेद्वार पनि चुनावी मैदानमा देखिएका थिए । तर, उनीहरुले खुलेर भोट मागेको मैले देखिन ।

म लाइनमा बस्दा पनि एकजना बरिष्ठ अधिबक्ता ती  स्वतन्त्र उमेद्वारको तर्फबाट साउतिको स्वरमा भोट हाल्नको लागि आग्रह गर्दै थिए । मैले मन मनै सोचें यो डर र पराजीत मनसिकता पहिले नै लिएर पनि के चुनाव लडनु ! अलि अलि भोट त ल्याउँदा हुन तर झारा टार्ने उठाइ जस्तो मात्र थियो उनीहरुको कृयाकलाप ।

सोमबारदेखि गणना थालिने अनुमान गरिएको सो चुनावको परिणाममा यसपालि कुनै एक प्यानलको मात्र बर्चस्व हुने देखिदैन । मैले चाँही मिश्रीत परिणामको अनुमान गरेको छु । 

तर जे होस्, जीत जसको भए पनि कानून ब्यावसायीहरुको हक हित र नेपालको न्यायिक क्षेत्रमा यसले खेल्नु पर्ने भूमिका निश्चय नै अझ बढि हुनेछ । त्यसमाथि पनि जनाअन्दोलन २ को लागि बारले खेलेको भूमिका र नेपाली जनताको बीचमा यसले कमाएको उच्च छबिको शाखलाइ अझ बढाउदै लैजानु यसको प्रमुख जिम्मेवारी हुनेछ ।

ब्यक्ति जो सुकैले नेतृत्व गरे पनि बारले नेपालको लोकतन्त्र र न्यायिक प्राणालीमा निरन्तर योगदान दिन सकोस् यही शुभकामना !


निर्बिषय ७ (अन्तर्मनका कुरा)

जनवरी 10, 2007

धेरै खुशी लाग्छ बिगत १० । १२ बर्षहरुमा नेपाली पत्रकारिताको क्षेत्रमा आएको परिवर्तनले ।

यस बीचमा मुलुक जहाँको त्यहीं भए पनि आम संचारको क्षेत्रमा हामीले आशातीत सफलता पाएका छौं । र, अझ गर्न धेरै बाँकी छ । लोकतान्तृक बातावरणले त्यसलाइ अझ मलजल दिने छ ।

पहिलेका जस्ता कठिनाईहरु अबका पत्रकारहरुले अबका दिनहरुमा त्यत्ति भोग्नु पर्दैन भन्ने कुरामा केही आशावादी हुने ठाँउहरु प्रशस्त छन् । सबैभन्दा खुशीको कुरा यस क्षेत्रमा युवा जमातको उत्साहजनक प्रबेश हो । जुन्, राष्ट्रको लागि ज्यादै आबश्यक थियो र छ पनि । 

पत्रकार भन्ने बित्तिकै झुस्स दारी पालेको, एउटा झोला बोकेको लुखुर लुखुर सडकमा हिंडिरहने एउटा जीवको परिकल्पना मानिसहरुमा थियो, यो जमातले त्यस्लाइ मीठो जवाफ दिएको छ ।

पत्रकारिता पढ्दा कहिं भर्ना हुन नपाएर पत्रकारिता पढ्यो भन्ने त्यो बेला र अहिले पत्रकारिता पढ्न तछाँड मछाँड हुने बेलाको अन्तर धेरै छैन । यो छोटो समयको लामो उपलब्धी हो ।

आफुले सक्रिय पत्रकारिता छाडेको धेरै बर्ष भैसकेछ  । (यध्यपि कुनै न कुनै रुपमा अझै पनि पत्रकारिता क्षेत्रमा पनि छु) तर पनि यसो पछाडि फर्केर हेर्दा यो बीचमा एउटा ठुलो ग्याप पाइरहेको छु । सबैभन्दा ठुलो ग्याप यसमा आएको प्रविधिको बिकासले हो । पहिलेको दाँजोमा अहिले धेरै सुबिधा छ । धेरै अबसरहरु छन् ।

हामीले शुरु गर्दा कम्पोजिटरले हातैले अक्षर कम्पोज गरेर  छाप्नु पर्थ्यो । पछि रिको मेसिन्, त्यसपछि अफ्सेट । आहिले त अफ्सेट पनि अत्यधुनिक । छापा पत्रकारिताको बिकास । अझ इलेक्ट्रोनिक मिडियाको बिकासको त कुरै नगरौं । ब्लग पत्रकारितासम्म हामीले फड्को मारिसक्यौ ।

(आज त्यत्तिकै अतीततिर डुल्न मन लागेको मात्र हो । एक किसिमको आनन्द महसुस भैरहेको छ । केही  कुरा मनमा लागेको ओकल्न मन लागेर आयो, केही फुर्सदमा भएर पनि होला । )

मैले सार्वजनिकरुपमा लेखेको शायद शैलेश आचार्य दाइको ‘प्रजातान्त्रिक संस्कार्’ भन्ने पतृकामा नै अन्तिम हो क्यार । त्यसपछि अर्कै फिल्डतिर लागियो । एक किसिमले सार्वजनिक पत्रकारिताबाट पलायन भइयो ।

पेशा परिवर्तन भएकोमा त मलाई कुनै दुखेसो छैन । तर त्यसको कारणले मेरो लेखन भने ठप्पै भयो । त्यसमा कहिलेकाहीं अलि खल्लो लाग्छ । यो ८ । १० बर्षमा पटक्कै कलम चलाइएन । गुमाएको त केही होइन तर केही पाइएन, त्यत्ति हो ।

बीचमा, एक चोटि पुरु रिसाल दाइ, गोर्खापत्रका मित्र शिव भट्टराई र म मिलेर एउटा पत्रकारिता सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट पनि खोल्ने जमर्को गरेका पनि हौं, त्यो पनि त्यत्तिकै भयो । त्यसपछि त आफू आफ्नै धुनमा, साथीहरु आफ्नै काममा । दिनहरु बित्तै गए, बस् ।

५ । ७ बर्षाघि ज्ञानुवाकर पौडेल दाइलाइ करेक्सन गर्न दिएको ३०।४० वटा गजलहरुको पाण्डुलिपि पनि अझै लिन गएको छैन, भने पछि कतिसम्म अल्छि भएछु ।

अहिलेका दिनहरुमा यो क्षेत्रमा भएका प्रविधिहरुको बिकाससँग साक्षात्कार गर्ने काम मात्र भएको छ । तर जे होस् मलाई यो क्षेत्रको माया छ, औधि माया छ  । नयाँ साथीहरुको जाँगरदेखि एकदम हर्षित छु ।


सम्बन्धहिन सम्बन्धहरु

जनवरी 4, 2007

एउटा क्यानभासमा टाँगिएको जिन्दगी
फगत्
भ्रममा आँफैसित,
डुलिरहेको, हराइरहेको आँफैभित्र ।

र, एउटा भोगिएको चिसो रात
सम्बन्धहिन सम्बन्धहरुभित्रका
शीतयुद्ध झैं लाग्ने
‘टम’हरुका व्यबहारहरु ।

न आदि न अन्त्य का यी सिलसिला,
एउटा बन्द सिसाभित्रका बिषाक्त सुन्दर अनुहारहरु,
हामी भ्रम मै रमाइरहेछौं ।
आँफैभित्र रोमान्चित हुँदै, निरन्तर ।

तार रहित तारभित्र बगिरहेका संबेग !
एकचोटि आफू बसेको कोठाको बन्द झ्याल खोलेर हेर,
अर्को गोलार्ध पनि छ, त्यहाँ ।
जहाँ तिमी जस्तै सजीब आकृति छ,
तिम्रा शीतयुद्धका निर्दोष पीडाहरु निलेर
चुपचाप बसिरहेको,
आँफैमा ‘गम’ खाएर,
आँफैभित्र प्रश्न सोध्दै ।

कि,
टम्, यो शीतयुद्धको को कारण थियो ?
र, जवाफ पनि आफै बुन्दै,
कि, तिमी आफ्नो तथाकथित स्वाभिमानमा
अडेको छौ ।
म, एउटा स्वाभिमानको नाटक गरिरहेको हूँला, 
तिम्रो नजरमा ।

यी भ्रमहरुले यसरी नै अल्झ्याइरहेछन् हामीलाई,
र, यही भ्रमको खेती गरिरहेछौं ।
म अनि टमहरु ।

शायद यथार्थ यही हो,

हामी
‘स्विच अफ्’ हुने बित्तिकै भताभुङ्ग हुने,
सम्बन्धहिन सम्बन्धभित्र
एउटा सम्बन्ध खोजिरहेछौ ।


निर्बिषय-६

डिसेम्बर 28, 2006

पाएका छौ जनताका धेरै जीन्दाबादहरु ।
अझै सेलाएका छैनन् प्रतिगामी नादहरु ।।

बाचाएर राख आफ्ना नैतकता भोलिलाइ,
बेला अझै आँउदैछ,हेर्न जीतका उन्मादहरु ।

होस गरी हिंड अझै चुनौति छन् पाईलामा,
अझै पछ्याउदै छन्, तिमीलाई, जल्लादहरु ।

दिएका छौं जिम्मा अब आमाको अस्मिता यो,
फेरि फेरि भोग्नु, नपरोस् ती विसादहरु ।

साँचेका छौं मनभरि देशको त्यो मुहारलाई,
सधैं सधैं देख्न पाइयोस् पुर्णिमाका चाँदहरु ।

पाएका छौ जनताका धेरै जीन्दाबादहरु ।
अझै सेलाएका छैनन् प्रतिगामी नादहरु ।।


निर्बिषय ५

डिसेम्बर 15, 2006

नशा पर्दैन, तिमीलाई सम्झे मात लाग्ने रैछ ।
बोल्नु पर्दैन तिमीसंग हेर्दै बात लाग्ने रैछ । ।

सोचेको छु तिमीसँग बिताउन केही पलहरु ,
हरेक बढ्ने पाइलामा, सधै घात लाग्ने रैछ ।

लुकाइ राखौं भन्छु सधैं आँखाभित्रै तिमीलाई,
भागि हिड्छन् रहरहरु ,शुन्य हात लाग्ने रैछ ।

देखेकै छैन भन्छेउ तिमी, मैले कतै तिमीलाई
सपनीमा रातभरी,  तस्वीर खात लाग्ने रैछ ।

बिहानीको आशा गर्छु, भेट्न सधैं तिमीलाइ
नपाउदै यो मन भर्न छिट्टै रात लाग्ने रैछ ।

नशा पर्दैन, तिमीलाई सम्झे मात लाग्ने रैछ ।
बोल्नु पर्दैन तिमीसंग हेर्दै बात लाग्ने रैछ । ।

(यो, कसैलाई, कुनै उद्देश्यले लेखिएको नभएता पनि कसैलाइ केहि पर्न गएमा त्यो संयोग मात्र हुनेछ )


निर्विषय ४(क)

डिसेम्बर 11, 2006

उत्सबजी,

पिउन गाह्रो छ,
नपिइ जिउन गाह्रो छ ।

कता मात्र टालौ यो
फाटेको मन
शब्दले मात्र त
सिउन गाह्रो छ ।

पानी लेखुं कि दारु लेखुं
खुट्ट्याउन गाह्रो छ ।
जस्तो कि
माया हो कि स्बाङ्ग
छुट्याउन गाह्रो छ ।

के टाढा के नजिक
नाप्न गाह्रो छ
मनलाई मुट्ठिभित्र
राख्न गाह्रो छ ।

खै,के भनु उत्सबजी

जाडो छ, त्यसैले
कसैलाई रम प्यारो छ
कसैलाई ब्रान्डी प्यारो छ,
आफु परियो सँधै टाढाको
त्यसैले,
यही कम्प्युटर प्यारो छ ।